INTERVIEWS :: NPPF ONLINE NEWS SERVICE

INTERVIEWS :: NPPF ONLINE NEWS SERVICE

शान्तिप्रक्रिया तुहियो भने उनीहरु जिम्मेवार हुन्छन्

InterviewsPosted by nppf.be Sat, January 24, 2009 13:09:27

- अनन्त, माओवादी नेता एवम् जनमुक्ति सेना इन्चार्ज

एमाले नेता एवम् संवैधानिक समितिका सभापति माधवकुमार नेपालले पोखरामा जनसेना अपराधीक जत्था भएको र उनीहरूलाई जेलमा कोच्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । तपाईंले यसलाई कसरी लिनुभएको छ ?

माधव नेपालजस्तो राष्ट्रियस्तरको नेताले जनमुक्ति सेनाका बारेमा जुन अभिव्यक्ति दिएका छन्, त्यो राजनीतिक नेताको मर्यादा र स्तरभन्दा विपरीत छ । असन्तुलित खालको छ । त्योभित्र माओवादीमाथि आक्रमक हुने अरू केही कारण छ, जसले उनलाई बढी आक्रामक बनाएको छ भन्ने देखिन्छ ।

त्यस्तो के कारण हुन सक्छ ?

एमालेको महाधिवेशनमा नेतृत्व हत्याउने होडबाजी चलिरहेको बेला माओवादीलाई गाली गर्नेले महाधिवेशनमा जनमत बन्ने खालको बनिबनाउ मनोविज्ञान छ एमालेमा । त्यसैले पनि केन्द्रीय नेताहरू एकपछि अर्को माओवादीलाई गाली गर्ने होडमा लागेका छन् ।

अर्कोतिर माओवादी नेतृत्वको सरकारका विरुद्ध देशीविदेशी शक्तिकेन्द्रहरूले नेतृत्व परिवर्तनका लागि चलखेल गरिरहेका छन् । त्यसमा कुनै न कुनै रूपमा माधव नेपाललाई लोभ देखाएको बुझिन्छ । त्यसबाट पनि माधव उत्प्रेरित भएको हुनसक्छ । त्यसै एमालेका कार्यकर्ता खासगरी युथफोर्स जसरी अपराधी मानिसहरूको केन्दि्रत भएको छ, जो एमालेको शर्षि नेताहरूले स्वीकारेको विषय हो । तिनीहरूको अपराधलाई ढाकछोप गर्नका लागि पनि उल्टै हामीलाई गाली गरेका हुन् ।

माओवादीकै कारण संविधानसभामा हार व्यहोरेको कारण पनि यसो भएको हो कि ?

त्यो त राजनीतिक मान्छेको लागि प्रतिशोधको भावना हुनुहुँदैन । उम्मेदवार भएपछि जितहारलाई पचाउन नसक्ने त कसरी राजनीतिक नेता हुन्छ र रु फेरि माओवादीको कारणले हारेको भन्दा पनि विगतमा एमालेकै व्यवहार र चरित्रका कारणले नै उनले चुनाव हारेका हुन् । भ्रष्टाचार, सत्ता समीकरणमा मुसा दौड गरेको कारण र ढुलमुले नीतिका कारण एमाले र माधवले हारेका हुन् । विगतका जनयुद्ध र जनआन्दोलनका क्रममा एमालेले देखाएको जनविरोधी कदमहरूले एमाले र माधवले हारेका हुन् । माओवादीसँग प्रतिशोध लिनुपर्ने कारण म देख्दिन ।

माओवादीले पुन माधवलाई दुईरदुई ठाउँमा हारेता पनि संविधान निर्माण गर्ने उच्चतह संवैधानिक समितिको सभापति बनाइदिएको छ । त्यो त बिर्सनु हुन्न नि माधवले ।

माधवजस्ता मान्छेलाई समितिको सभापति बनाउँदा जनसंविधान बन्न सक्छजस्तो लाग्छ ?

उहाँ ०४७ सालमा पनि संविधान निर्माणमा भूमिका खेलेको मान्छे भएको र जनआन्दोलन र गणतन्त्र स्थापनामा पनि महत्त्वपूर्ण भूमिका खेलेको मान्छे भएकोले उहाँप्रति विश्वास गरेर नै सभापति बनाएका हौं । राष्ट्रियस्तरका केही नेता संविधानसभाभन्दा बाहिर रहादा राम्रो हुँदैन भन्ने सोचले काम गरेको हो ।

तपाईं जनसेनाको इन्चार्ज पनि हुनुहुन्छ माधव नेपालले जनसेनालाई अपराधी दस्ता र उसको हतियार कब्जा गर्नुपर्ने भनिरहादा सेना समायोजनमा कस्तो असर पार्ला ?

यसले गम्भीर प्रकारको असर पर्छ । किनभने हिजो सात पार्टीको नेता र सरकारको हिस्सेदार भएर सहमति गर्ने माधव नेपाल आज त्यसका विरुद्ध जाने भन्नुको अर्थ शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन एमाले र माधवकुमार नेपाल चाहादैनन् भन्ने प्रमाणित हुनजान्छ । पीएलएको हतियार कसैलाई बुझाउने भनेको छैन । त्यो राज्यकै सम्पति हुन्छ । फेरि जनसेना अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको सेना हो । त्यसलाई विभिन्न लाञ्छना लगाउनु आफ्नै हिजोका सहमतिविपरीतका भनाइ हुन् । त्यसैले माधवले जुन कुरा गरेका छन्, त्यसले शान्ति प्रक्रिया, सेना समायोजन, संविधान लेखनलाई गम्भीर रूपले असर गर्छ । असर मात्रै होइन, त्यसरी सोच्ने हो भने संविधान नबन्ने अवस्था र शान्ति प्रक्रिया बीचमै तुहिने अवस्था आउनसक्छ । त्यसको एमाले, माधवकुमार नेपाल वा त्यसप्रकारका प्रवृत्तिहरूले जिम्मा लिनुपर्ने हुन्छ ।

यसले माओवादीसँगको सहकार्यमा कस्तो असर पार्ला ?

यसलाई हामीले आन्तरिक संयन्त्रमा गम्भीर रूपले कुरा उठाउँछौं । यदि त्यही पोजिसनमा एमाले हो भने हामीले पनि आफ्नो धारणा र अडानमा पुनर्विचार गर्नुपर्ने हुनसक्छ ।

त्यसो भए तपाईंहरू जनसेनाको हतियार बुझाउने पक्षमा हुनुहुन्न ?

कहि पनि जनसेनाको हतियार बुझाउने र सेना विघटन गर्ने भनिएको छैन । दुईवटा सेनाको समायोजन गरेर नयाा राष्ट्रिय सेना बनाउने भनेको छ । र, राष्ट्रिय सेनाका दुवै हतियारहरू राष्ट्रिय सुरक्षाका लागि प्रयोग गर्ने भनिएको छ । त्यसकारण सेना समायोजनभन्दा अगाडि हतियार बुझाउने हुनै सक्दैन, बुझाइादैन ।

त्यसो भए माधव नेपालले पोखरामा व्यक्त गरेका अभिव्यक्ति फिर्ता लिनुपर्छ भन्ने हो ?

माधवको भनाइलाई कति विश्वास गर्ने रु उनले दिनदिनै कुरा फेर्ने गर्छन् । माधवले एकदिन एउटा घटना देखेर माओवादीसँग सहकार्य तोड्ने कुरा गर्छन्, अर्कोदिन फेरि के मनपर्छ माओवादीसँग मिलेर जानुको विकल्प छैन भन्छन् । यसकारण यो फिर्ता लिनु र नलिनुले महत्त्व राख्दैन । फेरि माधव एमालेका प्रमुख मान्छे पनि होइनन् । यदि एमालेको नै त्यही धारणा हो भने सहकार्यको बारे पुनर्विचार गर्नुपर्छ, होइन भने माधवको बोलीको ठेगानै छजस्तो लाग्दैन ।